दफा ५९
समाह्वान जारी गर्ने कार्यविधि
(१) अदालतले यस संहिता बमोजिम अभियुक्त वा प्रतिवादीको नाउँमा अदालतमा उपस्थित हुन समाह्वान जारी गर्दा बाटाको म्याद बाहेक एक्काईस दिनको अवधि तोकी म्याद जारी गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम अभियुक्त वा प्रतिवादीको नाउँमा समाह्वान जारी गर्दा अनुसूची–४ मा उल्लिखित कसूर बाहेकको मुद्दामा अनुसूची–२६ बमोजिमको ढाँचामा र अनुसूची–४ मा उल्लिखित कसूर सम्बन्धी मुद्दामा अनुसूची–२७ बमोजिमको ढाँचामा म्याद जारी गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको म्यादभित्र उपस्थित हुन नसकेको कारण देखाई समाह्वानको म्याद थामी पाउन निवेदन दिएमा र त्यस्तो व्यहोरा मनासिब देखिएमा अदालतले एकपटकको लागि बढीमा पन्ध्र दिनसम्मको समाह्वानको म्याद थामी दिने आदेश दिन सक्नेछ।
(४) …………………………………..
(५) यस दफा बमोजिम तामेल भएको समाव्हानमा तोकिएको म्यादभित्र उपस्थित नहुने अभियुक्त वा प्रतिवादीको हकमा निजलाई पक्राउ गरी उपस्थित गराउनु पर्नेे भन्ने अदालतलाई लागेमा दफा ५७ को उपदफा (३) को प्रतिवन्धात्मक वाक्यांश बमोजिम पक्राउ पूर्जी जारी गर्न सक्नेछ ।
तर काबू बाहिरको परिस्थिति परी तोकिएको म्यादभित्र उपस्थित हुन नसकेको कारण देखाई अभियुक्तले निवेदन दिएमा र अदालतले निवेदनको व्यहोरा मनासिब ठहराएमा काबू बाहिरको परिस्थिति कायम रहेको अवधि व्यतीत भएको मितिले बाटोको म्याद बाहेक बढीमा पन्ध्र दिनसम्मको म्याद थामी दिने आदेश दिन सक्नेछ ।
स्पष्टीकरणः यस संहिताको प्रयोजनका लागि “काबू बाहिरको परिस्थिति कायम रहेको अवधि” भन्नाले देहायको अवधिलाई जनाउँछः–
(क) अदालतमा उपस्थित हुनु पर्ने ब्यक्तिको कोही मृत्यु भई परम्परा अनुसार निज आफै किरिया वा किरिया सरहको शोकवरण गरी बस्नु परेको भए त्यस्तो ब्यक्तिको मृत्यु भएको पन्ध्र दिन पुगेको मितिले बाटोको म्याद बाहेक सात दिन,
(ख) अदालतमा उपस्थित हुनु पर्ने ब्यक्ति महिला भई सुत्केरी भएको भए सुत्केरी भएको मितिले बाटोको म्याद बाहेक साठी दिन,
(ग) अदालतमा उपस्थित हुनु पर्ने म्यादभित्र खोलो पहिरो वा हिउँले बाटो बन्द भई वा कफ्र्यूको घोषणा भएको वा अन्य कुनै कारणले सार्वजनिक यातायातको साधन नचलेको भए बाटो खुलेको वा सार्वजनिक यातायातको साधन चलेको मितिले बाटोको म्याद बाहेक पन्ध्र दिन,
(घ) अदालतमा उपस्थित हुनु पर्ने म्यादभित्र भूकम्प वा ज्वालामुखी जस्ता विपद् परेको भए त्यस्तो भएको मितिले बाटोको म्याद बाहेक दश दिन,
(ङ) अदालतमा उपस्थित हुनु पर्ने ब्यक्तिलाई कसैले अपहरण गरी लगेको वा शरीर बन्धक बनाएको भए त्यस्तो अपहरण वा बन्धकबाट मुक्त भएको मितिले बाटोको म्याद बाहेक पन्ध्र दिन,
(च) अदालतमा उपस्थित हुनु पर्ने ब्यक्ति कुनै दुर्घटनाको कारण अचेत वा हिँडडुल गर्न नसक्ने भई वा अशक्त विरामी भएको कारण हिँडडुल गर्न नसक्ने भई नेपाल सरकारबाट स्वीकृत अस्पतालमा भर्ना भई उपचार गराएकोमा अनुसूची–४ बमोजिमको मुद्दाको पक्षको हकमा पन्ध्र दिन र अन्य मुद्दाको पक्षको हकमा तीन महिनाभन्दा बढी नहुने गरी अस्पतालबाट डिस्चार्ज नभएसम्मको अवधि ।
(६) उपदफा (५) को खण्ड (क) र (ङ) को अवस्थामा सम्भव भएसम्म सम्बन्धित ब्यक्तिले अदालतलाई सोको सूचना तुरुन्त दिनु पर्नेछ ।
(७) उपदफा (५) बमोजिम दिइने निवेदन साथ काबूबाहिरको परिस्थिति उत्पन्न भएको व्यहोरा पुष्टी गर्न आवश्यक पर्ने प्रमाण संलग्न गर्नु पर्नेछ ।